२० असाेज २०७९, बिहीबार
काबुलमा बम विस्फोट, चार बालबालिकाको मृत्यु
  • मध्यमार्ग

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको  छ। घटना शाह वली कोट जिल्लामा भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ।

युद्धको अवशेषको रूपमा रहेको उक्त बम दुर्गम गाउँका बालबालिकाहरू खेल्दै गर्दा विस्फोट भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

ल्यान्डमाइन, एन्टि-पर्सनेल माइनहरू र युद्धमा बाँकी रहेका विस्फोटक पदार्थबाट द्वन्द्वपछिको देशमा प्रत्येक महिना लगभग १२० जनाको मृत्यु वा अपांग हुने गरेको बताइएको छ।

शुक्रबार पूर्वी पक्तिया प्रान्तमा पनि सोही प्रकारको विस्फोट हुँदा दुई नागरिकको मृत्यु भएको थियो।

  • ६ चैत २०७८, आईतबार ०८:०६ मा प्रकाशित
  • Nabintech