९ असाेज २०७९, आईतबार
त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित, यस्तो छ कारण
  • मध्यमार्ग

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ। आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरिएको छ।

सर्वोच्च अदालतबाट विज्ञापन नम्बर ७०१/२०७७/७८ देखि ८२८/०७७/७८ सम्मको पदमा पदपूर्ति गर्ने कार्य हाल नगर्नु नगराउनु भन्ने अल्पकालीन अन्तरिम आदेश प्राप्त भएकोले आयोगको निर्णय बमोजिम परीक्षा हाललाई स्थगित गरिएको टीयू सेवा आयोगले जनाएको छ।

यही चैत ८ गतेदेखि आयोगको उपप्रध्यापक पदको लिखित परीक्षा सञ्चालन गर्ने तयारी थियो। त्रिवि आयोगले सर्वोच्च अदालतबाट अर्को आदेश प्राप्त हुनासाथ परीक्षा तालिका प्रकाशित गरिने जनाएको छ।

  • ६ चैत २०७८, आईतबार ०७:५९ मा प्रकाशित
  • Nabintech