२० असाेज २०७९, बिहीबार
लुकाकु र हाकिमको गोलमा चेल्सी एफए कपको सेमिफाइनलमा
  • मध्यमार्ग

इंग्लिस क्लब चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा मिडल्सब्रोगमाथि सहज जित निकाल्दै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो।

मिडल्सब्रोगलाई उसकै मैदानमा २–० ले हराएर चेल्सी अन्तिम चारमा पुग्न सफल भएको हो। चेल्सीको जितमा रोमेलु लुकाकु र हाकिम जियाचले गोल गरे।

खेलको १५औं मिनेटमा रोमेलु लुकाकुको गोलबाट चेल्सीले सुरुवाती अग्रता बनाएको थियो। उनले मासन माउन्टको पासमा गोल गरेका थिए।

खेलको ३१औं मिनेटमा हाकिम जियाचले मासन माउन्टकै पासमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। त्यसपछि दुवै टोलीबाट गोल निस्कन नसक्दा चेल्सी विजेता बन्यो।

यससँगै च्याम्पियनसिप क्लबको एफए कप यात्रा सकिएको छ ।

  • ६ चैत २०७८, आईतबार ०७:४७ मा प्रकाशित
  • Nabintech