९ असाेज २०७९, आईतबार
‘नेपाल आइडल’को बिजेता बने भुपेन्द्र थापा मगर
  • मध्यमार्ग

भैरहवाका भुपेन्द्र थापा मगर गायन रियालिटी शो ‘नेपाल आइडल’को चौथो संस्करणको बिजेता बनेका छन्।

शनिबार भएको कार्यक्रमको फाइनलमा भूपेन्द्रले उपाधी जितेका हुन्।

एपिवान एचडी टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘नेपाल आइडल’को चौथो संस्करणको फाइनलमा पुगेका नाम्गेल तामाङ, रञ्चित नेपाल, विश्वास उप्रेती र लक्ष्मी पौडेलाई छिन्दै मगर प्रथम बनेका हुन्।

प्रथम भएसँगै उनले ३० लाख रुपैँया र नेपाल आइडलको ट्रफी उपहार पाएका छन्।

त्यस्तै, कार्यक्रमको फस्ट रनरअप झापाका नाम्गेल तामाङ बनेका छन्।

नाम्गेलले ५ लाख रुपैयाँ र ट्रफी उपहार पाएका छन् भने सेकेन्ड रनरअप बनेका रामेछापका रञ्चित नेपालले ३ लाख रुपैयाँ र ट्रफी उपहारमा पाएका छन्।

फाइनलमा चौथो र पाँचो झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल बनेका छन्। उनीहरुले गिटार र दश लाख रुपैयाँ बराबरको बीमा सुविधा पाएका छन्।

  • ५ चैत २०७८, शनिबार २१:४८ मा प्रकाशित
  • Nabintech