९ असाेज २०७९, आईतबार
पल शाह प्रकरणमा रेखा थापाविरुद्ध अन्तर्वार्ता दिएको आरोपमा पक्राउ परिन् शर्मिला वाइबा
  • मध्यमार्ग

कलाकार पल शाह प्रकरणमा अभिनेत्री रेखा थापाविरुद्ध अन्तर्वार्ता दिएको आरोपमा एक महिला पक्राउ परेकी छन्।

थावाविरुद्ध कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनबाट मकवानपुरकी शर्मिला वाइबालाई गरेको हो।

उनले पल शाह प्रकरणमा थापाविरुद्ध युट्युबमार्फत कपोकल्पित अन्तरवार्ता दिएको प्रहरीले बताएको छ। अभिनेत्री थापाको उजुरीका आधारमा शर्मिला पक्राउ परेकी हुन्।

प्रहरीले यसअघि पनि पल शाह प्रकरणसँग जोडेर नायिका रेखा थापाविरुद्ध बोलेको आरोपमा दुई जनालाई पक्राउ गरिसकेको छ।

एक नाबालिग गायिकाबाई बलात्कार गरेको आरोपमा कलाकार पहल शाह तनहुँ प्रहरीको हिरासतमा छन्। शाहविरुद्ध अनुसन्धानका लागि तनहुँ जिल्ला अदालतले शुक्रबार मात्र ५ दिनको म्याद थप गरेको छ। सोही प्रकणमा शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ।

  • ५ चैत २०७८, शनिबार ०८:१८ मा प्रकाशित
  • Nabintech