९ असाेज २०७९, आईतबार
बौद्धबाट बरामद धातु युरेनियम नभएपछि पक्राउ परेका ८ जना छुटे
  • मध्यमार्ग

 

गत फागुन पहिलो बौद्धबाट बरामद गरिएको सेतो धातु युरेनियम नभएको पुष्टि भएको छ ।

धातुलाई दुई छुट्टाछुट्टै प्रयोगशालामा गरिएको परीक्षणमा युरेनियम पुष्टि नभएपछि घटनामा संलग्न सबै रिहा भएका छन् ।

युरेनियम कारोबार भएको भन्दै प्रहरीले ८ जना कारोबारीलाई पक्राउ गरेको थियो । यद्यपि धातु युरेनियम नभएको पुष्टि भएसँगै पक्राउ परेकाहरु छुटेका हुन् ।

  • ४ चैत २०७८, शुक्रबार १८:५६ मा प्रकाशित
  • Nabintech