ड्रोनभित्र लुकाएर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले एक जनालाई पक्राउ गरेको छ ।
कार्यालयले ड्रोनको लेन्सभित्र लुकाएको एक सय ग्राम सुनसहित भुटानी शरणार्थीका रुपमा अमेरिका गएका अनिषहाङ बहिङ राईलाई पक्राउ गरिएको जनाएको छ ।
विमानस्थलका अनुसार बिहीबार दिउँसो १२ बजेतिर उनी विमानस्थलबाट पक्राउ परेका हुन् ।
त्यस्तै, करिब ९ सय ग्राम सेतो धातु पनि लुकाएर ल्याएको कार्यालयले जनाएको छ । सेतो धातु चाँहि चाँदी हो भन्ने अनुमान गरिएको छ ।
४ चैत २०७८, शुक्रबार १७:१० मा प्रकाशित