९ असाेज २०७९, आईतबार
घुस लिएर लाइसेन्स दिएको भन्दै यातायातका ९ जनाविरुद्ध मुद्दा
  • मध्यमार्ग

यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर भएको छ ।

घुस लिएर लाइसेन्स दिएको आरोपमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगले उनीहरुविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको हो ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएकालाई पनि लाइसेन्स दिएको आरोपमा आयोगले उनीहरुविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले शाखा अधिकृत हरिप्रसाद गौतम, अधिकृत भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, कम्प्युटर अपरेटर झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बरालविरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध अनुत्तीर्ण भएकालाई उत्तीर्ण गराएर विभिन्न ग्रुपका लाइसेन्स दिएको आयोगले जनाएको छ ।

  • ४ चैत २०७८, शुक्रबार १५:०९ मा प्रकाशित
  • Nabintech