बालिका बलात्कार मुद्दामा अनुसन्धानका हिरासतमा रहेका अभिनेता पल शाहलाई अनुसन्धानका लागि थप समय थप्ने तयारी गरिएको छ ।
शाहमाथि दोस्रोपटक तनहुँ जिल्ला अदालतबाट लिइएको १२ दिनको समय शुक्रबार सकिँदै छ ।
तर यही बीचमा नवलपुरमा पनि दायर जाहेरीका बारेमा अनुसन्धानका लागि लगिएपछि तनहुँ प्रहरीले आफ्नो अनुसन्धान नसकेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले आफ्नो अनुसन्धान नसकिएको भन्दै शाहमाथि अनुसन्धान गर्न थप ५ दिनको समय माग गर्ने जनाइएको छ ।
सरकारी वकिल कार्यालयका अनुसार अनुसन्धानका लागि १९ दिनको समय लिइसकेको कारण अझै ६ दिन न्यायिक हिरासतमा राख्न पाइन्छ ।
यसपटक ५ दिन म्या थपिएपछि यो नै अन्तिम पटक हुनेछ । त्यसपछि अभियोग दर्ता भइ थुनछेक बहस हुनेछ ।
उता नवलपुरमा अनुसन्धानका लागि लगिएकोमा आरोपका आधारहरु धेरै रहेको जनाइएको छ ।
पीडित बालिका गायिकाले शाहविरुद्ध नवलपुरमा पनि किटानी जाहेरी दिएकी थिइन् ।
नवलपरासी अनुसन्धानका क्रममा शाहले सार्वजनिक भएका अडियो आफ्नै भएको स्वीकार गरेको बताइएको छ ।
४ चैत २०७८, शुक्रबार १३:५८ मा प्रकाशित