२० असाेज २०७९, बिहीबार
तराईमा आज होली पर्व मनाइँदै
  • मध्यमार्ग

रङको पर्व होली आज मुलुकको तराईका जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ। एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ। बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ।

होलीले सामाजिक सद्‍भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेको पाइएको छ। कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) तराईका जिल्लामा आज धुमधामसँग मनाइँदै छ। रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ।

फागुपूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ। यस पर्वका लागि बजारमा फलफूल, मासु, रङ र अबिरको बिक्री बढेको पाइएको छ।

काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा भने बिहीबार होली मनाइएको छ।

  • ४ चैत २०७८, शुक्रबार १०:२५ मा प्रकाशित
  • Nabintech