स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइलनमा प्रवेश गरेको छ।
बिहीबार दोस्रो लेगको खेलमा गालातासारेलाई २-१ ले पराजित गर्दै बार्सिलोनाले क्वाटरफाइनल यात्रा तय गरेको हो । यसअघि पहिलो लेग गोलरहित बराबरीमा टुंगिएको थियो ।
मारकाओको गोलमा गालातासारेले अग्रता लिए पनि पराजय टार्न सकेन। पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल गरेका थिए। पिएरे एमरिक अबामेयाङले विजयी गोल गरे ।
अर्को खेलमा वेस्ट ह्यामले सेभियालाई २-० ले हराएर समग्रमा २-१ को नतिजासहित क्वाटरफाइनल पुगेको छ ।
४ चैत २०७८, शुक्रबार १०:०९ मा प्रकाशित