माधावकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका दुई नेताहरुसहित कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
समाजवादीका प्रदेश कमिटीका २ जना सदस्यसहित दर्जन बढी नेता तथा सयौँ कार्यकर्ताहरु प्रवेश गरेका एमालेले दाबी गरेको छ।
बिहीबार एमालेको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा समाजवादीका कर्णाली प्रदेश सदस्य एवं वीरेन्द्रनगर-१० का वडाअध्यक्ष रत्नबहादुर बिसी, प्रदेश कमिटी सदस्य जागुराम चौधरीसहितको टोली एमालेमा प्रवेश गरेको हो।
उनीहरुलाई एमाले कर्णाली प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य यामलाल कंडेलले स्वागत गरे।
समाजवादीकै जिल्ला कमिटीका विमला थापा, नगर युवा अध्यक्ष हरि बिसी, नगर सदस्य चन्द्रबहादुर सुनार, भक्त आले, प्रविण शाही, मिनबहादुर थापा, सुनिता चौधरी लगायत डेढ सय बढी एमालेमा प्रवेश गरेका बताइएको छ।
३ चैत २०७८, बिहीबार २१:१९ मा प्रकाशित