९ असाेज २०७९, आईतबार
अन्तर्राष्ट्रिय नेपाली समाजले विश्व महिला सशक्तिकरण सम्मेलन गर्ने
  • मध्यमार्ग

 

अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले विश्व महिला सशक्तिकरण सम्मेलन गर्ने भएको छ ।

यस अघि नै महिला दिवसका अवसरमा र महिला सशक्तिकरणसँगको सम्बन्धित दुई वटा सम्मेलन गरिसकेको इन्सले त्यसैको निरन्तरताका रुपमा सम्मेलन गर्न लागेको हो ।

इन्सले आगामी चैत १२ र १३ गते (मार्च २६ र २७) सम्मलेन आयोजना गर्ने इन्सकी महिला समितिकी अध्यक्ष डा. रेनुका सोलुले जनाएकी छन् ।

यसपालि पनि इन्सले विश्वमा रहेका सशक्त महिलाहरुको उपस्थितिमा सम्मेलन गर्न लागेको हो । जसमा दुई जना नेपाली मूलका महिला र दुई जना अन्तर्राष्ट्रिय महिला सशक्तिकरणका विशेषज्ञलाई सहभागीता गराएर सम्मेलन गरिने इन्सका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरले जनाएका छन् ।

विश्व महिला सशक्तिकरण सम्मेलनमा प्रमुख वक्ताको रुपमा नेपालको लोकदोहरीमा संलग्न आत्मियता र राजनीतिका बारेमा विध्यावारिधि गरेकी प्रा. डा. आना स्टर रहनेछिन् । डा. विध्यावारिधिमा अध्यापन गराउने आनाले नेपाल र दक्षिण एशियाको विषयमा विध्यावारिधि गर्न चाहनेहरुका लागि आवश्यक सहयोग समेत गरिरहेकी छन् ।

त्यसैगरी, सिक्किम विश्वविद्यालयकी प्रा. डा. कविता लामा अर्की वक्ताको रुपमा रहनेछिन् । त्यस्तै, जर्मनीकी डा. लरिसा डोमिन र भद्रा कुमारी घलेलाई पनि वक्ताको रुपमा आमन्त्रण गर्न लागिएको घिमिरेले जनाएका छन् ।

  • ३ चैत २०७८, बिहीबार १९:०९ मा प्रकाशित
  • Nabintech