९ असाेज २०७९, आईतबार
लिपिस्टिकको निशानलाई ‘लभ बाइट’ भनेपछि उर्वशी आक्रोशित
  • मध्यमार्ग

बलिउड अभिनेत्री उर्वशी रौतेला आफ्नो सुन्दरता र फेसनका कारण चर्चामा रहन्छिन् । उर्वशीको बोल्ड छविले इन्टरनेटमा हंगामा मच्चाइरहेको पनि हुन्छ ।

यसैबीच, उर्वशी केही दिनअघि विमानस्थलमा भेटिंदा उनको गर्धनमा लागेको निशान पापाराजीको क्यामेरामा कैद भयो । यसपछि मिडियामा उर्वशीको ‘लभ बाइट’ भन्दै तस्वीरहरु भाइरल भए ।

समाचार सार्वजनिक भएपछि उर्वशीले यो विषयमा आपत्ति जनाएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो मेरो रातो लिपिस्टिकको निशान हो । जुन मास्कको कारण फैलिएको हो । कुनै पनि युवतीका लागि लिपिस्टिकको ह्याण्डल गर्न निक्कै गाह्रो पर्छ । मलाई विश्वास भइरहेको छैन कि मानिसहरु यस्तो कसरी लेख्न सक्छन् । आखिर किन मिडियाले मेरो उपलब्धिको बारेमा केही पनि लेख्दैन । किनकि, आफ्नो फाइदाका लागि मिडियाले फेक न्युज फैलाइरहेको छ ।’

उर्वशीको यो जवाफलाई उनका फ्यानले निक्कै मन पराएका छन् । उर्वशीको हातमा बलिउडका चलचित्र खासै छैनन् । उनी म्युजिक भिडियो र वेब सिरिजमा नै धेरै काम गरिरहेकी छन् ।

  • १२ फागुन २०७८, बिहीबार २०:५२ मा प्रकाशित
  • Nabintech