कारोनाभाइरस महामारीका कारण विगत दुई वर्षमा स्वतन्त्र रुपमा होली नमनाइएकोमा यसपालि हर्षौल्लासका साथ मनाइएको छ ।
बिहीबार पहाडी क्षेत्रमा विभिन्न रंग खेलेर होली मनाइएको छ ।
काठमाडौँका चोक चोकमा होली खेलिएको छ । त्यस्तै, शान्ति सुरक्षालाई ध्यानमा राखेर उपत्यकामा ३५ सय बढी प्रहरी परिचालन गरिनुका साथै सवारी चेक पनि बाक्लै गरिएको छ ।