१७ असाेज २०७९, सोमबार
पाँच लाख धरौटीमा छुटे बलात्कार आरोपित एमाले सांसद बानियाँ
  • मध्यमार्ग

बलात्कार आरोपमा पक्राउ परेका एमाले सांसद मोहन बानियाँ पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

बाँके जिल्ला अदालतले बुधबार दिएको आदेशअनुसार बानियाँ पाँच लाख धरौटीमा रिहा भएका हुन्।

बानियाँविरुद्ध जुम्लाकी एक शिक्षिकाले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्।

उनले नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर सांसद बानियाँले बलात्कार गरेको भनेकी थिइन्।

त्यसपछि पूर्वमन्त्री समेत रहेका बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

प्रहरीले खोजतलास गर्न थालेपछि बानियाँ आफैं प्रहरी कार्यालय उपस्थित भएका थिए।

 

  • ३ चैत २०७८, बिहीबार १०:२९ मा प्रकाशित
  • Nabintech