नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन अन्तर्राष्ट्रिय डिजाइनले भएको बताएका छन् ।
माओवादीको गैर भौगोलिक प्रादेशिक कमिटीको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले ओलीको एकल निर्णय मात्र नभइ देश भित्रका प्रतिक्रियावादी र अन्तर्राष्ट्रिय डिजाइनले संसद विघटन भएको बताएका हुन् ।
उनले केपी ओलीसँगको सहकार्य सम्झिँदा कहिलेकहिँ दिक्क र घृणा लाग्ने बताए ।
एमसीसी अनुमोदन नहुँदा ओली फेरि सत्तामा आउने भएकाले पारित गरिएको प्रचण्डले बताए ।
२ चैत २०७८, बुधबार १६:४१ मा प्रकाशित