
वुधबार शेयर बजारमा १९ अंकको गिरावट आएको छ ।
आजको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.७२ ले घटेर २६३१.२५ को बिन्दुमा झरेको छ ।
वुधबार अधिकांश कम्पनीले गुमाएका छन् भने कारोबार रकम पनि साढे २ अर्बमै सिमित भएको छ ।
आजको दिन विभिन्न कम्पनीका ४९ लाख बढी कित्ता शेयर किनबेच हुँदा करिब २ अर्ब ५७ करोडको कारोबार भएको छ ।
२ चैत २०७८, बुधबार १५:१६ मा प्रकाशित