२० असाेज २०७९, बिहीबार
होलीमा यस्तो छ सुरक्षा व्यवस्था, उपत्यकामा ३५ सय बढी प्रहरी खटिने, थप ६८ स्थानमा सवारी चेक
  • मध्यमार्ग

बिहीबार होलीको अवसरलाई पारेर प्रहरीले सुरक्षा व्यवस्था तयार पारेको छ ।

होलीका विभिन्न कार्यक्रमलाई मध्यनजरमा राख्दै प्रहरीले सुरक्षा व्यवस्था तयार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जनाएका छन् ।

गत दुई वर्षमा कोरोनाभाइरस महामारीका कारण होली धेरै भीडभाड गरेर मानिएको थिएन । यसपालि भने कुनै पनि प्रतिबन्ध नभएकाले धेरै भीड हुने अनुमान गरिएको छ ।

प्रहरीले त्यसैलाई मध्यनजरमा राखेर सुरक्षा व्यवस्था गरेको हो ।

जसमा उपत्यकामा मात्रै ३५ सय बढी प्रहरी परिचालन गर्न लागिएको राठोरले जनाएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँले मात्रै १७ सय बढी, ललितपुरबाट ६ सय बढी र भक्तपुरमा ४ सय बढी प्रहरी परिचालन गर्ने तयारी रहेको एसपी राठौरको भनाइ छ ।

प्रहरीले स्वभाविक भीडको आंकलन गरेर होलीमा सुरक्षा व्यवस्था गरेको हो ।

त्यस्तै, होलीको दिनमा सवारी साधन चलाउँदा हुने लापरवाहीका लागि पनि प्रहरी खटाइने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट चेकिङ गर्न ३ सय ट्राफिक प्रहरी खटाइने उनले बताए ।

त्यसैगरी, ट्राफिक चेकिङ पनि बढाएर थप ६८ स्थानमा गरिने राठौरले जनाए ।

त्यस्तै, उच्छृंखल गतिविधि गरे सवारी साधन वा मानिसलाई नै पनि केही घण्टा होल्ड गर्ने सकिने उनले बताए ।

राठौरका अनुसार महानगरीय अपराध महाशाखाबाट पनि एक सय बढी सादा पोशाकमा खटाइनेछ ।

४४ ठाउँमा मोबाइल भ्यान, ७३ कन्ट्रोल रूम भेहिकल (सिआरभी) र ७९ वटा मोटरसाइकल गस्ती समेत गरिने तथा साइकल गस्ती पनि हुने प्रहरीको भनाइ छ ।

त्यस्तै, सामुदायिक टोलीले माइकिङ, ब्यानरहरूको माध्यमबाट जनचेतना फैलाउने कामहरू पनि गर्ने प्रहरीको तयारी छ ।

प्रहरीले कसैको अनुमति र इच्छाविपरीत जबरजस्ती रङ नहाल्न र लोलाले नहाल्न अनुरोध गरेको छ ।

महिला, पर्यटक, बालबालिकाहरूलाई पनि जबर्जस्ती रङ दलेर अनावश्यक हैरानी नदिन पनि प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै, कुनै पनि घटना घटेमा प्रहरी कन्ट्रोल नम्बर १०० मा फो गर्न पनि प्रहरीको आग्रह छ ।

  • ३ चैत २०७८, बिहीबार ०६:०१ मा प्रकाशित
  • Nabintech