९ असाेज २०७९, आईतबार
जाजरकोटका तुलाराम दोस्रोपटक निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्य निर्वाचित
  • मध्यमार्ग

जाजरकोटका तुलाराम गिरि दोस्रोपटक नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

हालै काठमाडौंमा सम्पन्न संगठनको ११औं अधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

गिरि यसअघि २०७३ मा नेपालगन्जमा सम्पन्न संगठनको १०औं अधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

गिरिसँगै जाजरकोटकी सरस्वती शाही पनि संगठनको केन्द्रीय सदस्य निर्वाचित भएकी छन्।

 

  • २ चैत २०७८, बुधबार ००:२० मा प्रकाशित
  • Nabintech