राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन आजदेखि अन्त्य गरेकी छन् ।
मंगलबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि लागु हुने गरी अन्त्य गरेको संघीय संसद सचिवालयले जनाएको छ ।
सचिवालयको आजको सूचनाअनुसार संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको हो ।

१ चैत २०७८, मंगलबार २१:५२ मा प्रकाशित