नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को बढुवा सिफारिस भएको छ ।
मंगलबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको हो ।
बैठकले धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको बताइएको छ ।
फागुन ५ मा सरकारले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो ।
१ चैत २०७८, मंगलबार २०:१२ मा प्रकाशित