सरकारले स्थानीय चुनावका लागि एक लाख म्यादी प्रहरीमा भर्ना आवेदन खुला गरेको छ ।
मंगलबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेर १ लाख म्यादी प्रहरीको माग गरेको हो ।
सूचनाअनुसार इच्छुक उम्मेदवारले ६ देखि ११ चैतसम्ममा आवेदन दिनुपर्नेछ । आवेदन फर्म सबै जिल्ला प्रहरी कार्यालय, काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी परिसरमा उपलब्ध हुनेछन् ।
छानिएका उम्मेदवारले रु. ३० हजार २४० तलब, ७ हजार २०० खाद्यान्न र ६ हजार पोशाक लगायतका सामग्री खरिदका लागि पाउने सूचनामा उल्लेख छ ।

१ चैत २०७८, मंगलबार १९:४९ मा प्रकाशित