९ असाेज २०७९, आईतबार
ढोरपाटनमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षसहित नेता कार्यकर्ता एमालेमा प्रवेश
  • मध्यमार्ग

बाग्लुङको ढोरपाटन नगरपालिका १ स्थित बुर्तिबाङमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि डेढ दर्जन नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसबाट ढोरपाटन नगरपालिका ६ मा निर्वाचित अध्यक्ष जीवन कुमार पुन र कृयाशील सदस्यहरु शिखर पुन, सम बहादुर अदै मिलन अदै, मदन घर्ती लगायत, नेकपा माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिका ४ मा गत स्थानिय निर्वाचनमा वडा सदस्य पदमा उम्मेदवारी दिईएकी निरुता घर्ती मगरसहित नेपाली काँग्रेस र माओवादी केन्द्र परित्याग गरि वडा न ६, ७ बाट १८ जना एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई कार्यक्रममा प्रमुख अथिति एमाले गण्डकी प्रदेश सदस्य तथा ढोरपाटन नगरपालिकाका नगर प्रमुख देब कुमार नेपालीले टीका र खादा ओढाएर स्वागत गरेका छन् ।

कार्यक्रम अध्यक्षता युवा संघ नेपाल ढोरपाटन नगरपालिका ईन्चार्ज वडा कमिटीले गरेका थिए । स्वागत मन्तव्य नगर कमिटी अध्यक्ष ऋतुवर्ण पौडेलले र संचालन शिबराज कडेलले गरेका थिए ।

  • १ चैत २०७८, मंगलबार १९:२२ मा प्रकाशित
  • Nabintech