९ असाेज २०७९, आईतबार
वैदेशिक शिक्षालाई सजिलो बनाउन नेपालमै पहिलोपटक ल्याइयो मोबाइल एप, के-के छन् फिचर ?
  • मध्यमार्ग

 

सर्च एजुकेशन नेपालले विधार्थीहरुको लागि नेपालमा पहिलोपटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ । यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विधुतिय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।

यो सेवा गुगलप्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा searcheducation.com मार्फत उपलब्ध हुनेछ । यस एपले विद्यार्थीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सुव्यवस्थित गर्न सहज हुनुका साथै विदेशमा अध्ययानका लागि जान खोज्दा सामना गर्ने अधिकांश समस्याहरूलाई समेत हटाउनेछ । यस एपको प्रयोगले बिधार्थी हरुलाई निम्न फाइदा हुने विश्वास सर्च एजुकेशन नेपालले लिएको छ ।

एपबाट के के गर्न सकिन्छ ?

-कोर्सहरूको खोजः विभिन्न कलेज र युनिभर्सिटिहरुमा आफ्नो मनपर्ने कोर्सहरू खोज्न एवं सर्टलिस्ट गर्न सकिनेछ ।

-कोर्सहरू तुलनाः सर्टलिस्ट गरिएका कोर्सहरूमध्ये विधार्थीले आफ्नो आवश्यकता, ज्ञान, र सीपअनुसार तुलना गरी छनौट गर्न सकिनेछ ।

-कोर्सहरूको लागि आवेदनः कोर्सबारे निर्णय गरेपछि, यस पोर्टलमार्फत आफूलाई मनपर्ने कलेज र युनिभर्सिटिहरुमा अनलाइनमार्फत आवेदन गर्न सकिनेछ र आफ्नो आवेदनको स्थितिबारे ट्रयाक समेत गर्न सकिने छ ।

-विशेषज्ञ काउन्सलरद्वारा सहायता प्राप्त गर्न सकिनेः आफ्नो आवेदन, चयन, यात्रा, र थप सम्बन्धमा कम्पनीका विशेषज्ञ सल्लाहकारहरूबाट सल्लाह पनि प्राप्त गर्न सकिनुको साथै सम्पुर्ण जानकारीहरु एसएमएस, इमेल र एपबाट तुरुन्त प्राप्त गर्न सकिने छ । साथै कलेज युनिर्भसिटीहरूमा सम्पुर्ण प्रक्रिया पुरा गरि सकेपछि अफर लेटर पठाए पश्चात विद्यार्थीले उक्त अफर लेटर स्वीकार गने र अन्य प्रकृयाहरु सु्रु गर्न सकिने छ ।

उपरोक्त शैक्षिक सेवाहरुका अतिरिक्त आवास, भिसा, यात्रा नियमहरू र बीमा आदिबारे आवश्यक पर्ने कुराहरुबारे सहज रुपमा थप जानकारी प्राप्त गर्न सकिने छ ।

यस किसिमको सेवाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहज हुनुका साथै कलेजहरू र विश्वविद्यालयहरूसँग लागत, पाठ्यक्रम, र छात्रवृत्ति सम्बन्धी जानकारीहरु प्राप्त गर्न सकिने छ ।

सर्च एजुकेशनसन् २०१५ मा सिड्नी अस्ट्रेलियामा स्थापना भएको अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता संस्था हो । यस संस्थाले भारत, नेपाल र चिलीमा पनि आफनो कार्यालयहरू विस्तार गरेको छ ।

कम्पनी विश्वभरका विद्यार्थीहरूलाई विश्व–स्तरीय शिक्षा र उच्च–गुणस्तरका सुविधाहरूमा पहुँच प्रदान गरेर उनीहरूलाई सशक्त बनाउन प्रयासरत रहेको छ ।

नेपालमा, सर्च एजुकेशनको हाल काठमाडौं, दाङ र महेन्द्रनगरमा कार्यालयहरू रहेका छन् । भने आगामी दिनहरुमा काठमाडौँ उपत्यका भित्र, बाहिर विभिन्न स्थानमा शाखा विस्तारको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका, बेलायत, आयरल्याण्ड र न्युजिल्यान्ड जस्ता देशहरूमा पढ्ने सपना पूरा गर्न सक्रिय रूपमा मद्दत गर्दै आएको छ ।

अधिक जानकारीका लागि कम्पनीको वेबसाइटमा भिजिट गर्न सकिन्छः www.searcheducation.com

  • १ चैत २०७८, मंगलबार १८:३१ मा प्रकाशित
  • Nabintech