सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले मंगलबार राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् ।
संसदमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेरविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भए पनि छलफलको मिति तोकिएको थियो ।
१ चैत २०७८, मंगलबार १८:०१ मा प्रकाशित