नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
बजार पुँजीकरण २ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन।
सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो।
१५ करोड कित्ता सेयर रहेको कम्पनीको चुक्ता पुँजी १५ अर्ब रहेको छ।
गत आर्थिक वर्षको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्म टेलिकमको खुद मुनाफा ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार थियो।
चालु आर्थिक वर्षको सोही अवधि (२०७८ पुस मसान्त) मा ६० करोड ८४ लाख ८१ हजार (अर्थात १८.४९ प्रतिशत) ले वृद्धि भई खुद नाफा ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ पुगेको छ।
१ चैत २०७८, मंगलबार ०८:२६ मा प्रकाशित