प्रमुख प्रतिपक्ष नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।
आगामी साता बस्ने केन्द्रीय कमिटी बैठकका अजेन्डा तय गर्न आज दिउँसो ३ बजेका लागि केन्द्रीय सचिवालय बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।
एमालेले स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन बैठक आह्वन गरेको छ।
चैत ७ गते पोलिटब्युरो, ८–९ मा केन्द्रीय कमिटी र १४ चैतमा स्थायी समितिको बैठक बोलाएको छ।
एमालेले स्थानीय तह चुनावकेन्द्रित तयारी गरिरहेको छ।एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ।
सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गतेका लागि तय गरेको छ।
१ चैत २०७८, मंगलबार ०८:०८ मा प्रकाशित