९ असाेज २०७९, आईतबार
यी हुन् कांग्रेसका ७७ जिल्ला सभापतिहरू, कहाँ कसको पल्लाभारी? [सूचीसहित]
  • मध्यमार्ग

नेपाली कांग्रेसको ७७वटै जिल्लाको अधिवेशन सकिएको छ। गत मंसिरमा १४औं महाधिवेशन भएपनि केही जिल्लाको अधिवेशन हुन बाँकी थियो। बाँकी जिल्लाहरूले हालै अधिवेशन सकेका छन्।

७७ मध्ये ४१ जिल्लाका सभापतिहरु केन्द्रका सभापति शेरबहादुर देउवा पक्षमा छन्। त्यस्तै, सभापति पराजित शेखर कोइराला र नेता रामचन्द्र पौडेल पक्षका ३२ जना जिल्ला सभापति छन्।

कांग्रेको चौधौं महाधिवेशनमा बेग्लै समूहमा देखिएका कृष्णप्रसाद सिटौला पक्षले २, प्रकाशमान सिंह पक्षले १ र विमलेन्द्र निधि पक्षले १ जिल्लाको नेतृत्व पाएका छन्।

प्रदेश १ मा देउवा पक्षका ७, कोइराला-पौडेल पक्षका ६ र सिटौला पक्षका १ जना जिल्ला सभापति भएका छन्। मधेश प्रदेशमा देउवा पक्षका ६, कोइराला-पौडेल पक्षका १ र निधि पक्षका १ जना जिल्ला सभापति भएका छन्।

बागमती प्रदेशका देउवा पक्षका ७, कोइराला-पौडेल पक्षका ५ र प्रकाशमान सिंह पक्षका १ जना जिल्ला सभापति भएका छन्।

त्यस्तै, गण्डकी प्रदेशमा देउवा पक्षका ५, कोइराला-पौडेल पक्षका ५ र सिटौला पक्षका १ जना जिल्ला सभापति भएका छन्। लुम्बिनी प्रदेशमा देउवा पक्षका २ र कोइराला-पौडेल पक्षका १० जना जिल्ला सभापति भएका छन्।

कर्णाली प्रदेशमा देउवा पक्षका ८ र कोइराला-पौडेल पक्षका २ जना जिल्ला सभापति भएका छन्। सुदूरपश्चिम प्रदेशमा देउवा पक्षका ६ र कोइराला-पौडेल पक्षका ३ जना जिल्ला सभापति भएका छन्।

प्रदेश १
१. झापा- देउमान थेबे (कृष्ण सिटौला पक्ष)
२. मोरङ- डिगबहादुर लिम्बु (कोइराला-पौडेल पक्ष)
३. सुनसरी- केदार भण्डारी (कोइराला-पौडेल पक्ष)
४. उदयपुर- हिमाल कार्की (देउवा पक्ष)
५. इलाम- डम्बर खड्का (देउवा पक्ष)
६. पाँचथर- रुपनारायण जबेगु (देउवा पक्ष)
७. तेह्रथुम- अर्जुन तुम्बाहाम्फे (कोइराला-पौडेल पक्ष)
८. ताप्लेजुङ- गजेन्द्र तुम्याङ (देउवा पक्ष)
९. धनकुटा- दिनेश राई (देउवा पक्ष)
१०. भोजपुर- विनोद वान्तबा (कोइराला-पौडेल पक्ष)
११. खोटाङ- विष्णुकुमार राई (कोइराला-पौडेल पक्ष)
१२. ओखलढुंगा- तेजेन्द्र खनाल (देउवा पक्ष)
१३. सोलुखुम्बु- नामगेल जाङ्बु शेर्पा (देउवा पक्ष)
१४. संखुवासभा- दीपक खड्का (कोइराला-पौडेल पक्ष)

मधेश प्रदेश
१. सप्तरी- रामदेव साह (कोइराला-पौडेल पक्ष)
२. सिरहा- रामचन्द्र यादव (देउवा पक्ष)
३. धनुषा- योगेन्द्र पंजियार (विमलेन्द्र निधि पक्ष)
४. महोत्तरी- नागेश्वर यादव (देउवा पक्ष)
५. सर्लाही- सुरेन्द्रप्रसाद सिंह (देउवा पक्ष)
६. रौतहट- सुनिलकुमार यादव (देउवा पक्ष)
७. बारा- राजेश राय यादव (देउवा पक्ष)
८. पर्सा- जनार्दन सिंह क्षेत्री (देउवा पक्ष)

बागमती प्रदेश
१. सिन्धुली- उपेन्द्रकुमार पोखरेल (कोइराला-पौडेल पक्ष)
२. रामेछाप- कान्छाराम तामाङ (देउवा पक्ष)
३. दोलखा- बर्मा लामा (कोइराला-पौडेल पक्ष)
४. भक्तपुर- दुर्लभ थापा (देउवा पक्ष)
५. धादिङ- रामनाथ अधिकारी (कोइराला-पौडेल पक्ष)
६. काठमाडौं- सबुज कृष्ण बानियाँ (प्रकाशमान सिंह पक्ष)
७. काभ्रेपलान्चोक- तिर्थ लामा (देउवा पक्ष)
८. ललितपुर- जितेन्द्रकुमार श्रेष्ठ (देउवा पक्ष)
९. नुवाकोट- रमेशकुमार महत (कोइराला-पौडेल पक्ष)
१०. रसुवा- पेम्बाछिरिङ तामाङ (देउवा पक्ष)
११. सिन्धुपाल्चोक- जंगबहादुर तामाङ (देउवा पक्ष)
१२. चितवन- राजेश्वर खनाल (कोइराला-पौडेल पक्ष)
१३. मकवानपुर- बुद्ध लामा (देउवा पक्ष)

गण्डकी प्रदेश
१. गोरखा- नन्दप्रसाद न्यौपाने (कोइराला-पौडेल पक्ष)
२. तनहुँ- जितप्रकाश आले (कोइराला-पौडेल पक्ष)
३. स्याङ्जा- राजु थापा (कोइराला-पौडेल पक्ष)
४. लमजुङ- टकराज गुरुङ (देउवा पक्ष)
५. कास्की- किशोर दत्त बराल (देउवा पक्ष)
६. मनाङ- शंकर गुरुङ (देउवा पक्ष)
७. मुस्ताङ- रोमी गौचन थकाली (कोइराला-पौडेल पक्ष)
८. पर्वत- युवराज जोशी (देउवा पक्ष)
९. बागलुङ- जित शेरचन (कृष्ण सिटौला पक्ष)
१०. म्याग्दी- खमबहादुर गर्बुजा (देउवा पक्ष)
११. नवलपरासी (पूर्व)- महेन्द्रध्व जिसी (कोइराला-पौडेल पक्ष)

लुम्बिनी प्रदेश
१. नवलपरासी (पश्चिम)- अर्जुन पोखरेल (कोइराला-पौडेल पक्ष)
२. पाल्पा- हिमालदत्त श्रेष्ठ (कोइराला-पौडेल पक्ष)
३. रूपन्देही- रामकृष्ण खाँड (देउवा पक्ष)
४. कपिलवस्तु- अब्दुल कलाम (कोइराला-पौडेल पक्ष)
५. अर्घाखाँची- केशव श्रेष्ठ (कोइराला-पौडेल पक्ष)
६. गुल्मी- खिलध्वज पन्थी (कोइराला-पौडेल पक्ष)
७. दाङ- शंकरप्रसाद डाँगी (कोइराला-पौडेल पक्ष)
८. प्युठान- विष्णुकुमार गिरी (कोइराला-पौडेल पक्ष)
९. रुकुम (पूर्व)- केशरमान रोका (कोइराला-पौडेल पक्ष)
१०. रोल्पा- किशोरकुमार आचार्य (कोइराला-पौडेल पक्ष)
११. बाँके- नारायणप्रसाद गौडेल (कोइराला-पौडेल पक्ष)
१२. बर्दिया- अरुणप्रकाश सिंह राठौर (देउवा पक्ष)

कर्णाली प्रदेश
१. रुकुम (पश्चिम)- प्रेमप्रकाश ओली (देउवा पक्ष)
२. सल्यान- केशवबहादुर विष्ट (देउवा पक्ष)
३. सुर्खेत- खड्गबहादुर पोखरेल (देउवा पक्ष)
४. दैलेख- मणिराम रेग्मी (कोइराला-पौडेल पक्ष)
५. जाजरकोट- बेदराज सिंह (देउवा पक्ष)
६. डोल्पा- दिपेन्द्रबहादुर शाही (देउवा पक्ष)
७. जुम्ला- कर्णबहादुर शाही (देउवा पक्ष)
८. कालिकोट- अम्बबहादुर शाही (कोइराला-पौडेल पक्ष)
९. मुगु- ऐनबहादुर शाही (देउवा पक्ष)
१०. हुम्ला- मोहनविक्रम सिंह (देउवा पक्ष)

सुदूरपश्चिम प्रदेश 
१. कैलाली- नारायणदत्त भट्ट (देउवा पक्ष)
२. डोटी- नरेन्द्रबहादुर शाही (देउवा पक्ष)
३. अछाम- पुष्पबहादुर शाह (देउवा पक्ष)
४. बाजुरा- रामसिंह रावल (कोइराला-पौडेल पक्ष)
५. बझाङ- खड्कबहादुर बोहरा (देउवा पक्ष)
६. कञ्चनपुर- पदम बोगटी (देउवा पक्ष)
७. डडेल्धुरा- भीमबहादुर साउद (देउवा पक्ष)
८. बैतडी- चतुरबहादुर चन्द (कोइराला-पौडेल पक्ष)
९. दार्चुला- ललितसिंह बोहरा (कोइराला-पौडेल पक्ष)

  • ३० फागुन २०७८, सोमबार २१:५७ मा प्रकाशित
  • Nabintech