१० मंसिर २०७९, शनिबार
सरकारले लग्यो नेपाल टेलिकमबाट एडभान्स २० प्रतिशत नगद लाभांश
  • मध्यमार्ग

सरकारले पैसाको अत्यधिक आवश्यकता भएको भन्दै नेपाल टेलिकमबाट एडभान्स मै नगद लगेको छ। उसले तीन अर्ब रुपैयाँ लगेको नेपाल टेलिकम उच्च स्रोतले जनाएको छ।

“साधारण सभा गर्न ढिलाइ हुँदै गइरहेको समयमा सरकाले एडभान्स स्वरूप तीन अर्ब रुपैयाँ लग्यो” उच्च स्रोतले मेरो लगानीसँग भन्यो।

नेपाल टेलिकमले पुस मसान्तमै साधारण सभा गर्नु पर्ने हो। उसले बिहीबारसम्म लाभांश र साधारण सभा दुवै घोषणा गरेको छैन। उसले लाभांश घोषणा गर्न ढिलाइ गर्दै गइरहेको अवस्थामा लाभांश बापत पाउने रकम पहिले नै लैजानुलाई एडभान्स लाभांशको रुपमा लिइएको हो। सरकारले लगेको तीन अर्ब रुपैयाँलाई हिसाब गर्ने हो भने सरकारले कम्पनीबाट २० प्रतिशत हुन आउने पैसा लगेको बताइएको छ। यस अर्थमा कम्पनीले कम्तीमा पनि २० प्रतिशत नगद लाभांश घोषणा गर्नेमा कुनै दुबिधा नहुने टेलिकम स्रोत बताउँछ। “टेलिकमले कति लाभांश दिने भन्ने यकिन भई सकेको अवस्था छैन। तर उसले लगेको नगदलाई हिसाब गर्ने हो भने कम्पनीले उक्त रकम मिलान गर्न पनि २० प्रतिशत नगद हुने पक्का छ” स्रोतले भन्यो।

यति बेला सरकारलाई निर्वाचन खर्च जुटाउन धौ धौ परिरहेको छ। जसले गर्दा पनि सरकारले आम्दानी हुने ठाँउकाे रकम पहिले नै लैजाने चलन छ। यसै पनि टेलिकम सरकारको लागि राम्रो आम्दानीको स्रोत मध्ये पर्छ। अघिल्लो साल समेत निर्वाचनकै कारण कम्पनीको साधारण सभा ढिलो भएको थियो। अघिल्लो वर्ष पनि निर्बाचनको लागि पैसा चाहिने भन्दै उसको लाभांश घोषणा पछि सारिएको थियो। गएको वर्ष निर्वाचन नहुने पक्का पक्की भएपछि मात्रै टेलिकमले लाभांश र साधारण सभा घोषणा गरेको थियो। गत वर्ष कम्पनीले ४० प्रतिशत नगद लाभांश दिएको थियो।

  • १२ फागुन २०७८, बिहीबार २३:५७ मा प्रकाशित
  • Nabintech