९ असाेज २०७९, आईतबार
लागू‌औषधसहित काठमाडौंबाट १० जना पक्राउ
  • मध्यमार्ग

प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ठूलो परिमाणको अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ।

लागूऔषधको अवैध कारोबार भइरहको भन्ने सूचनाका आधारमा उपत्यकाको विभिन्न स्थानबाट दुई हजार ७०० एम्पुल लागूऔषधसहित १० जनालाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

काठमाडौं महानगरपालिका–१६ बालाजुबाट नुवाकोटका ३८ वर्षीय श्याम गुरुङ, काठमाडौंको नागार्जुनबाट मोरङका सोनाम तामाङ, काभ्रेका सनम राजभण्डारी र बाग्लुङका सुवर्ण मल्ललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै, पर्सा घर भएकी रङमतीदेवी पटेललाई काठमाडौंको बालाजुबाट एक हजार ६५० एम्पुल लागूऔषधसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

सोलुखुम्बुका सबिनकुमार श्रेष्ठ, सर्लाहीका देव शेख, दोलखाका रोशन कुँवर र सिन्धुलीका प्रकाश जिम्बा पनि पक्राउ गरेका छन्।

देव शेख र सोनाम तामाङ भने लागूऔषध मुद्दामा दोषी ठहर भई कैद भुक्तानी गरेर छुटेका व्यक्ति हुन्। उनीहरुको विषयमा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

  • २९ फागुन २०७८, आईतबार २१:५९ मा प्रकाशित
  • Nabintech