१७ असाेज २०७९, सोमबार
प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्तावमाथि चैत २ गते छलफल
  • मध्यमार्ग

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग प्रस्तावमाथि प्रतिनिधि सभामा आउँदो चैत २ गतेदेखि छलफल हुने भएको छ।

आइतबारको बैठकमा प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव पेस भएको थियो। प्रस्तावमाथि आगामी बैठकमा छलफल हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।
प्रतिनिधि सभाको अर्को बैठक चैत २ बस्नेछ।

गत फागुन १ गते तीन जना प्रस्तावकहरु देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ र ९५ जना समर्थक रहेको महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता गरिएको थियो। महाभियोग प्रस्तावमा राणाले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक स्वतन्त्रता र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न नसकेको उल्लेख गरिएको छ।

फागुन २२ गते बसेको प्रतिनिधिसभाको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो।

  • २९ फागुन २०७८, आईतबार २०:१० मा प्रकाशित
  • Nabintech