१८ माघ २०७९, बुधबार
माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ २० चैतदेखि हुने
  • मध्यमार्ग

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ २०चैतदेखि हुने भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित १४ जना सांसद्‌विरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले आइतबार अन्तिम सुनुवाइका लागि चैत २० गते पेसी तोक्न आदेश जारी गरेको हो।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको आइतबारको इजलासले ओलीले दायर गरेको रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गर्‍यो।

मुद्दाको पक्ष र विपक्ष दुवै तर्फबाट लिखित जवाफ पेस भएको र अन्य मुद्दाको अंग पुगेकाले फैसला केन्द्रित सुनुवाका लागि पेसी तोक्न संयुक्त इजलासले आदेश गरेको हो।

एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्‌को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दायर गरेका थिए।

  • २९ फागुन २०७८, आईतबार १९:१२ मा प्रकाशित
  • Nabintech