१७ असाेज २०७९, सोमबार
मोरङ घटना
घरमा खेलिरहेकी डेढ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, पक्राउ परे यी व्यक्ति
  • मध्यमार्ग

मोरङमा घरमा खेलिरहेकी डेढ वर्षीया बालिकाको सामूहिक बलात्कार पछि हत्या भएको छ। डेढ वर्षीया बालिकालाई घरबाटै उठाएर बलात्कार तथा हत्या गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र सोही ठाउँका २८ वर्षीय मिथुन चौधरी छन्।

उनीहरुले गाँजा खाएर बालिकालाई बलात्कार गरी हत्या गरेको मोरङ प्रहरीले जनाएको छ। फागुन २७ गते दिउँसो बेलबारी–८ स्थित आफ्नै घरमा खेल्दै गर्दा बालिका हराएकी थिइन्।

सोही दिन साढे ६ बजेतिर सुन्दरहरैचा नगरपालिका–७ गणेशपुरमा वनमारी घारीमा बालिका अचेत अवस्थामा भेटिएकी थिइन्।

सुरुवाल खुल्लै रहेको, टाउकाको दाँया बााँया सुनिएको, योनीबाट रगत बगेको अवस्थामा भेटिएकी बालिकाको उपचारका लागि नोबेल अस्पताल पठाइएको थियो। उपचारको क्रममा सोही राति साढे १२ बजे उनको मृत्यु भएको थियो।

फागुन २७ गते साँझ अजय चौधरी गछिया खोलामा बालुवा चाल्दै गरेको अवस्थामा उनका दाई मिथुनबीच भेटघाट भएको थियो। त्यसपछि उनीहरु केरा बगानमा गई गाँजा खाएका थिए। गाँजा खाइसकेपछि अजयले नै घरमा खेल्दै गरेकी बालिकालाई एक्लै देखेपछि लिएर आएका थिए।

त्यसपछि वनमारा झाडीमा ल्याई करणी गर्न थाल्दा बालिका रुन थालेपछि टाउकोमा बियरको बोतल र ढुंगाले हानी करणी गरेको बयानले उनले प्रहरीसमक्ष दिएका छन्। अजयपछि मिथुनले समेत बालिकालाई करणी गरेका थिए।

  • २९ फागुन २०७८, आईतबार १८:२७ मा प्रकाशित
  • Nabintech