निरन्तर ओराले लागेको शेयर बजार साताको पहिलो दिन आइतबार १०० बढी अंकले बढेको छ ।
आजको दिनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०१.०७ अंकले बढेर २६६७.९७ बिन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १६ अंकले बढेको छ । विभिन्न कम्पनीका ९० लाख २२ हजार बढी कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८७ करोड बढीको कारोबार भएको छ ।
आजको दिनमा अधिकांश कम्पनीले कमाएका छन् ।
२९ फागुन २०७८, आईतबार १६:१२ मा प्रकाशित