भेरी नदीमा नुहाउने क्रममा सुर्खेतका तीन बालबालिका बेपत्ता भएका छन्।
सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएको प्रहरीले जनाएको छ।
शनिबार साँझ ५ बजेतिर नुहाउने क्रममा बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
स्थानीयका अनुसार बेपत्ता हुनेमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, आठ वर्षीय कृष्णा सिजाली र १० वर्षीय दिनेश बुढा रहेका छन्।
बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
२९ फागुन २०७८, आईतबार ०६:४९ मा प्रकाशित