वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीसहित वडाध्यक्षहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
शनिबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन्। उनी गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए।
२८ फागुन २०७८, शनिबार १५:५७ मा प्रकाशित