१७ असाेज २०७९, सोमबार
डेढ करोड ठगी आरोपमा ठेकेदार अनुप पाण्डे काठमाडौँबाट पक्राउ
  • मध्यमार्ग

दाङका निर्माण व्यवसायी अनुप पाण्डे ठगी गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) टोलीले उनलाई शनिबार काठमाडौँको काँडाघारीबाट पक्राउ गरेको हो ।

करिब डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा पाढडे पक्राउ परेका हुन् ।

पाण्डेलाई दाङ लैजाने तयारी भइरहेको बताइएको छ ।

घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिबाट साइड ठेक्का सम्झौता गरी निर्माणको जिम्मा लिएका तुलसीपुर उपमहानगरपालिका– ८ अश्वारका ३० वर्षका पाण्डेले सवारी साधन प्रयोग गरी भाडा बापतको रकम एक करोड ४४ लाख १७ हजार ७७६ रुपैयाँ दिनुपर्ने व्यवसायी गेहेन्द्र बस्नेतले बताएका छन् ।

तर पाण्डेले दिएको सानिमा बैंकको एक करोड आठ लाख ५७ हजार ७७६ रुपैयाँको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।

  • २८ फागुन २०७८, शनिबार १५:५३ मा प्रकाशित
  • Nabintech