स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ। गएराति भएको खेलमा एट्लेटिकोले काडिजलाई २-१ गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा भएको खेलको सुरुआतमा नै एट्लेटिकोले अग्रता बनायो। खेलको ४५औं मिनेटमा काडिजका अल्भारो नेग्रेडोले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए। तर, खेलको ६८ औं मिनेटमा रोड्रिगो डी पाउलले गोल गर्दै एट्लेटिकोलाई २-१ को जित दिलाए।
खेलको ८८ औं मिनेटमा जाभी सेरानोले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा सीमित भएको थियो। जितसँगै एट्लेटिकोले २८ खेलमा ५१ अंक जोडेको छ। एट्लेटिको तेस्रो स्थानमा छ।
काडिज २४ अंक जोडेर १८ औं स्थानमा छ।
२८ फागुन २०७८, शनिबार ०९:२३ मा प्रकाशित