९ असाेज २०७९, आईतबार
साफ यू-१८ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ
  • मध्यमार्ग

तस्वीर : एन्फा।

भारतमा हुने साफ यू-१८ महिला च्याम्पियनसिप खेल्ने जाने नेपाली टोलीको बिदाइ गरिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरेको हो।

राष्ट्रिय खेलकुद परिषद‍्का उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले खेलाडी र अफिसियललाई टोलीलाई बिदाइ गरे।

भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत र बंगलादेशको सहभागिता रहने छ।

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग मार्च १५ मा खेल्नेछ। नेपालले दोस्रो खेल मार्च १७ मा बंगलादेश खेल्नेछ।

यस्तै, नेपालले मार्च २१ मा पुन: भारतसँग र मार्च २३ मा बंगलादेशसँग खेल्नेछ। एक आपसमा दुई–दुई खेल खेलेपछि धेरै अंक जोड्ने टोलीले उपाधि उचाल्ने छ।

च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक दर्शन भक्तराज लवटले यसअघि प्रिति राईको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरिसकेका छन्।

यस्तो छ नेपाली टोली :
प्रिती राई (कप्तान), सावित्री किशन, लिला जोशी, पूजा थापा, सबिना चौधरी, मन्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यास्माली मगर, दिपा शाही, हिमा रावत, सरस्वती हमाल, शुनकला राई, अन्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई, गरिमा राई।

  • २८ फागुन २०७८, शनिबार ०९:१६ मा प्रकाशित
  • Nabintech