९ असाेज २०७९, आईतबार
यी हुन् माओवादीको कर्णाली प्रदेश कमिटीका पदाधिकारी [सूचीसहित]
  • मध्यमार्ग

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले पूर्णता पाएको छ।

शुक्रबार सुर्खेको वीरेन्द्रगरमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सुरु भएको तीनदिने राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमपछि बसेको प्रदेश कमिटी बैठकले कमिटीलाई पूर्णता दिइएको हो।

बिमला केसी सर्वसम्मत अध्यक्ष चयन भएको तीन महिनापछि प्रदेशको ९ सदस्यीय पदाधिकारी टुंगो लागेको हो। केसी अध्यक्षमा गत मंसिर २९ गते अध्यक्ष चयन भएकी थिइन्।

कमिटीको उपाध्यक्षमा ढकवीर राना (जाजरकोट), कर्णबहादुर बुढाथोकी (सल्यान), कृष्ण जिसी (सुर्खेत) रहेका छन्।

यस्तै, सचिवमा धनजित शाही (कालीकोट), सहसचिवमा वीरबहादुर कुवँर (जुम्ला), लालकेश जैसी (हुम्ला), विर्खबहादुर थापा (मुगु) र कोषाध्यक्षमा मालबहादुर रोका (डोल्पा) छन्।

  • २८ फागुन २०७८, शनिबार ०९:०७ मा प्रकाशित
  • Nabintech