२० असाेज २०७९, बिहीबार
कांग्रेस नेता एवं जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख आचार्य माओवादी प्रवेश
  • मध्यमार्ग

जिल्ला समन्वय समिति जाजरेकोटका उपप्रमुख एवं नेपाली कांग्रेसका नेता ज्ञानीप्रसाद आचार्यलगायत १० जनाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई स्वागत गरे।

माओवादीमा प्रवेश गर्नेमा आचार्य, हिराप्रसाद आचार्य, नैने कामी, हर्कबहादुर विक, लिले वर, भाने वर, बलबहादुर विक, खिमबहादुर नेपाली, मोहन विक, रामकुमारी कामीलगायत छन्।

आचार्य तीन दशकभन्दा लामो समय नेपाली कांग्रेसमा रहेर सक्रिय राजनीति गरेका नेता हुन्। उनी कांग्रेसको भेरी नगरपालिका कार्यसमितिका पूर्वसभापति समेत हुन्। उनी कांग्रेस कार्यसमितिका पूर्वकोषाध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी जाजरकोट शाखाका पूर्वउपसभापति पनि हुन्।

नैने कामी कांग्रेस जारकोटका पूर्व जिल्ला कार्यसमिति सदस्य हुन् भने आचार्य नगर कार्यसमिति सदस्य हुन्। कांग्रेस वडा कार्यसमिति सचिव समेत रहेका हर्कबहादुर विक शंकर माध्यमिक विद्यालय जगतिपुरका व्यवस्थापन समितिका अध्यक्ष पनि हुन्। लिले वर नेपाली कांग्रेस वडा कार्यसमितिका पूर्वउपसभापति हुन् भने भाने वर पूर्व वडाअध्यक्ष हुन्।

कार्यक्रममा अहिले देश नेकपा (माओवादी केन्द्र) को राजनीतिक अजेण्डामा चलिरहेको बताउँदै आफू पनि माओवादीमा समाहित भएको बताए।

  • २८ फागुन २०७८, शनिबार ०८:५६ मा प्रकाशित
  • Nabintech