९ असाेज २०७९, आईतबार
कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित
  • मध्यमार्ग

नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन्।

संस्थापनपक्षका उम्मेदवार सन्तोष यादवलाई पराजित गर्दै पजियार सभापतिमा निर्वाचित भएका हुन्। पजियार नेता विमलेन्द्र निधिनिकटका हुन्।

पहिलो चरणमा तेस्रो भएका डा.शेखर कोइराला समूहका नेता दिनेश पर्सैलाले दोस्रो चरणको मतदानमा पजियारलाई समर्थन गरेका थिए।

सभापतिमा निर्वाचित पजियारले १ हजार ७ सय ३५ मत ल्याउँदा यादवले १ हजार ४६ मत ल्याए।

सभापतिमा निर्वाचित पजियार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मेयरसमेत हुन्।

  • २८ फागुन २०७८, शनिबार ०८:४० मा प्रकाशित
  • Nabintech