९ असाेज २०७९, आईतबार
जम्मु-कस्मिरमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा को-पाइलटको मृत्यु
  • मध्यमार्ग

भारतको जम्मु-कस्मिरको गुरेज सेक्टरमा भारतीय सेनाको हेलिकोप्टर दुर्घटना हुँदा को-पाइलटको मृत्यु भएको छ।

दुर्घटनामा घाइते २९ वर्षीय को-पाइलट मेजर संकल्प यादवको उपचारका क्रममा मृत्यु भएको हो। संकल्प जयपुरका निवासी थिए।

पाइलटको अवस्था चिन्ताजनक तर स्थिर रहेको छ। उनको आईसीयूमा उपचार भइरहेको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

पीटीआईका अनुसार सेनाको चिता हेलिकप्टर बिरामी बीएसएफ जवानलाई लिन जाँदा दुर्घटनामा परेको हो। हेलिकोप्टर सम्पर्कबिच्छेद भएपछि सेनाको टोली खोजीमा खटिएको थियो।

टोलीले पाइलट र को-पाइलटलाई गम्भीर अवस्थामा फेला पारेको थियो। उनीहरुलाई उधमपुरको कमाण्ड अस्पतालमा ल्याइएको थियो।

 

  • २७ फागुन २०७८, शुक्रबार २३:०० मा प्रकाशित
  • Nabintech