२० असाेज २०७९, बिहीबार
कर्मचारीहरूलाई मन्त्री श्रेष्ठको आग्रह : नागरिकप्रति उत्तरदायी बन्दिनुस्
  • मध्यमार्ग

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले कर्मचारीहरु सेवाग्राहीप्रति उत्तरदायी हुनुपर्ने बताएकी छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विभागीय समितिको पाँचौं अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जनताले तिरेको राजस्वबाट पालिएका सबै जना जनताप्रति उत्तरदायी बन्नुुपर्ने बताएकी हुन्।

सार्वजनिक प्रशासकले आफू जनताको मालिक नभई सेवक हो भन्ने भावनाले काम गर्नु पर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले काम गर्दा आइपर्ने नीतिगत, कानुनी र व्यावहारिक समस्या समाधान गर्न मन्त्रालय र आफूू तयार रहेको बताइन्।

मन्त्री श्रेष्ठले मन्त्रालय मातहतका नापी, मालपोत जस्ता कार्यालयहरु प्रत्यक्ष रुपमा नागरिकसँग जोडिएकाले यसबाट हुने कामहरु पारदर्शी बनाएर यसअघि बनेको नकारात्मक छबि हटाउने गरी काम गर्न सम्बद्ध सबै पक्ष एक भएर लाग्न आश्यक रहेको औंल्याइन्।

उनले कर्मचारीहरुले जनउत्तरदायी र पारदर्शी भएर काम गर्नुपर्ने र राम्रा काम गर्नेलाई प्रोत्साहन तथा पुुरस्कारको समेत व्यवस्था हुनुुपर्ने भनिन्।

मन्त्री श्रेष्ठले अहिलेको सरकारले वास्तविक भूूमिहीनहरुलाई लालपूर्जा वितरण गर्ने र जमिन दिने विषयलाई प्राथमिकतामा राखेर अगाडि बढेको भन्दै यसतर्फ लाग्न कर्मचारीहरुलाई आग्रह समेत गरिन्।

  • २७ फागुन २०७८, शुक्रबार २२:४५ मा प्रकाशित
  • Nabintech