९ असाेज २०७९, आईतबार
२ लाख भारुसहित विमानस्थलबाट पक्राउ परे थाइ युवती
  • मध्यमार्ग

करिब २ लाख भारती रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई थाइ युवती पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा थाइल्याण्डी ३२ वर्षीया वनविसा जनतासन र ४१ वर्षीया वारपोर्न खुनसोमबत छन्।

विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीमप्रसाद ढकालका अनुसार उनीहरु भिस्तारा एयरलाइन्सको उडान नम्बर युके १५६ मार्फत बिहीबार काठमाडौंबाट दिल्ली जान लागेका थिए।

एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा शंकास्पद देखिएपछि उनीहरुको झोला खोलेर हेर्दा भारु बरामद भएको हो। जनतासनको झोलाबाट २ हजार दरका भारु ४ थान र ५ सय दरका भारु ३४३ थान गरी १ लाख ७९ हजार ५ सय बराम भएको थियो।

खुनसोमबतको झोलाबाट ५ सय दरका भारु २३० थान गरी १ लाख १५ हजार बरामद भएको थियो।

पक्राउ परेका दुबै जनालाई अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, बुझाइएको विमानस्थल प्रहरीले जनाएको छ।

  • २७ फागुन २०७८, शुक्रबार २२:२९ मा प्रकाशित
  • Nabintech