९ असाेज २०७९, आईतबार
पीसीआर परीक्षण अनिवार्य नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
  • मध्यमार्ग

स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण अनिवार्य नगर्न आग्रह गरेको छ।

शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्‍यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन आग्रह गरेको हो।

मन्त्रालयका सह–प्रववक्ता डा. समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा कोरोनाको लक्षण नदेखिएका र पूर्ण खोप लगाएका व्‍यक्तिहरुलाई अनिवार्य पीसीआर नगराउन अनुरोध गरिएको छ।

पछिल्लो समय कोरोना संक्रमण निरन्तर घट्दो क्रममा रहेको छ। शुक्रबार नेपालमा ७७ जना संक्रमित थपिएका छन्।

  • २७ फागुन २०७८, शुक्रबार २१:५६ मा प्रकाशित
  • Nabintech