१७ असाेज २०७९, सोमबार
५ ग्राम ब्राउन सुगरसहित झापाबाट युवक पक्राउ
  • मध्यमार्ग

प्रहरीले ५ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका-४ बस्‍ने १९ वर्षीय अब्दुल अन्सारी रहेका छन् ।

प्रहरीले उनको साथबाट पाँच ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

पक्राउ परेका उनलाई झापा जिल्ला अदालतबाट ६ दिनको म्‍याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

  • १२ फागुन २०७८, बिहीबार २३:२१ मा प्रकाशित
  • Nabintech