१७ असाेज २०७९, सोमबार
अप्रेसन बाइक हन्ट : चोरीका ५ वटा मोटरसाइकल र २ साइकलसहित ५ जना पक्राउ
  • मध्यमार्ग

प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरीका ५ वटा मोटरसाइकल र २ साइकलसहित चोरीमा संलग्न ५ जनालाई पक्राउ गरेको छ। अप्रेसन बाइक हन्ट अन्तर्गत उनीहरू पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेशराज मैनालीले बताए।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-९ घर भइ हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बाहुनधारा बस्ने २० वर्षीय सुरेश श्रेष्ठ, सोही ठाउँका १८ वर्षीय सुरज श्रेष्ठ, संखुवासभा पाचखवन-३ घर भइ हाल गोकर्णेश्‍वर-५, बाहुनधारा बस्ने २४ वर्षीय योगराज लिम्बु रहेका छन्।

यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका- ६ घर भइ हाल काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटी बस्ने २० वर्षीय दिपेश मगर र सुर्खेत मेहेलकुनाका घर भइ हाल काठमाडौं गोकर्णेश्‍वर नगरपालिका- ८ माकलबारी बस्ने २४ वर्षीय विशाल राना पनि पक्राउ परेको एसपी मैनालीले बताए।
उनीहरूको साथबाट इन्जिन नम्बर J LYCLM52086, च्यासिस नम्बर MD2A36FY8LCM86669 भएको पल्सर एनएस २०० सीसी, रातो रङको बागमती प्रदेश-०२-०२३प-२०२१ नम्बरको मोटरसाइकल, इन्जिन नम्बर JLXCLG26438, च्यासिस नम्बर MD2A36FX8LCG94570 भएको पल्सर एनएस २०० सीसी, कालो रङको बागमती प्रदेश-०२-०१२ प ८३२२ नम्बरको मोटरसाइकल बरादम भएको छ।

यस्तै, इन्जिन नम्बर JLXCMA36037NS, च्यासिस नम्बर MD2A36FX9MCA83812 भएको पल्सर, २०० सीसी, सेतो रङको बागमती प्रदेश-००२-०२८ प ९६१३ नम्बरको मोटरसाइकल, इन्जिन नम्बर JLXCMM26403, च्यासिस नम्बर MD2A36FX1MCM81880 भएको पल्सर एनएस, २२ सीसी, रातो रङको बागमती प्रदेश-००२-०२३-प २०२१ नम्बरको मोटरसाकल पनि बरामद भएको प्रहरीले जनाएको छ।

साथै, इन्जिन नम्बर 8500M,च्यासिस नम्बर ME1RG5253L0063756 भएको Yamaha v3 रातो बागती प्रदेश -००२-०२३प-६४५१ नम्बरको मोटरसाइकल र दुई वटा साइकल पनि बरामद भएको छ।

पक्राउ परेका पाँचै जनामाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार चोरी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले उक्त मोटरसाइकल र साइकल धनीहरुलाई आवश्यक कागजातसहित महानगरीय प्रहरी वृत्त बौद्धमा सम्पर्क राख्न भनेको छ।

  • २६ फागुन २०७८, बिहीबार २२:०१ मा प्रकाशित
  • Nabintech