९ असाेज २०७९, आईतबार
यी ७९ दलले पाउने भए स्थानीय निर्वाचनमा भाग लिन [सूचीसहित]
  • मध्यमार्ग

निर्वाचन आयोगले आउँदो वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन भाग लिनका लागि ७९ दललाई मान्यता दिएको छ।

आयोगमा दर्ता भएका १ सय ११ राजनीतिक दलमध्ये ८० दलले स्थानीय निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए।

त्यसमध्ये ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाहेक निवेदन दिएका अन्य सबै दललाई निर्वाचनमा भाग लिन मान्यता दिएको आयोगले जनाएको छ।

बिहीबार बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको हो। आयोगले स्थानीय तहको निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको निवेदन दिन समय निर्धारण गरेको थियो।

आयोगले निर्वाचनको तयारी तीब्र पारेको छ। राजनीतिक दलहरूले पनि चुनावी गतिविधिलाई तीब्र पारेका छन्।

  • २६ फागुन २०७८, बिहीबार २०:५० मा प्रकाशित
  • Nabintech